दीपक शर्मा
७ चैत बर्दिया । बर्दियाको राजापुरमा रोलरले किचेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सीराम अर्यालले नयाँ शिरालाई दिएको जानकारी अनुसार गेरुवा गाउँपालिका १ थापापुरमा कालो पत्रे गर्नका लागी काम हुदै गर्दा रोलरले किचेर २२ वर्षिय कामदारको मृत्यु भएको बताउनु भयो । उहाका अनुसार मृतक भारत विहारका प्रवेश आलम हुन । रोलर चालक पनि भारतीय नागरिक हुन उनि फरार रहेका छन उनको खोजी कार्य जारी रहेको छ । अमर बर्दिया ब्याल्क बक जेभीले निर्माण गरिरहेको राजापुर रिङ्गरोड अन्तर्गत रहेको गेरुवा ३ बनकट्टी देखि गेरुवा गाउँपालिका १ जनकनगर सम्म १२ किलोमिटर सडक कालोपत्रे गर्ने काम भैरहदा सो दुर्घटना भएको हो । अमर बर्दिया ब्याल्क बक जेभीले रोलरका चालकलाई भारतबाट ल्याएको थियो प्रहरी स्रोतका अनुसार ति चालकको लाइसेन्स नभएको बताइएको छ । यसमा चालक सगै विन लाइसेन्स रोलर चलाउन दिने अमर बर्दिया ब्याल्क बक जेभीलाई पनि कार्वाहिको दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।