७ चैत काठमान्डौ । नेपाल क्रिकेट संघ क्यानले आयरल्यान्ड ‘ए’ सँग घरेलु मैदानमा हुने टी–२० शृंखलाका लागि टोली घोषणा गरेको छ।क्यानले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र सोमपाल कामी छन्।यस्तै, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव छन्। नेपालले आईसीसी टी २० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड ‘ए’ शृंखला खेल्न लागेको हो।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग चैत ११ र १२ गते टी–२० खेल खेल्ने छ। त्यसपछि यही टोली भारतमा गएर खेल्ने छ।