६ चैत काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिएका छन् । मंगलबार धनगढीमा पत्रकारहरूसँगको कुराकानीमा उनले लामिछानेको कुनै सहकारी नभएको बताए । लामिछानेले कांग्रेसलाई साथ नदिएकाले बदनाम गर्न खोजेको आरोप लगाए ।कांग्रेसले लामिछानेको नाम सहकारी ठगीमा मुछिएको भन्दै राजीनामाको माग गर्दै आएको छ ।