युवा परिषदले गायन प्रतियोगिता संचालन गर्न माग्यो आवेदन

819Shares
युवा परिषदले गायन प्रतियोगिता संचालन गर्न माग्यो आवेदन

०६ चैत्र २०८० काठमाडौं । राष्ट्रिय युवा परिषदले सांगीतिक क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्नका लागि राष्ट्रव्यापी गायन प्रतियोगिता गर्ने भएको छ । सो प्रतियोगितामा सबैक्षेत्रबाट नव प्रतिभाशाली युवाहरुको धेरै भन्दा धेरै उपस्थिती रहोस भनि राष्ट्रिय युवा परिषदले अनलाईन माध्यमबाट घरमै बसी बसी प्रतियोगिले फारम भरेर आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।

Google Form Link:

जसअनुरुप गायन प्रतियोगितामा सहभागि हुन इच्छुक व्यक्तिले राष्ट्रिय युवा परिषदको वेभसाइट www.nyc.gov.np मा रहेको गुगल फर्म मा रहेका विवरण भरि आवेदन दिन सक्नेछन् भने प्रतियोगितामा सहभागी हुन चैत्र १६ गते भित्रको समय सिमा तोकिएको छ । उक्त गायन प्रतियोगितामा लोक गीत, आधुनिक गित र पप गीत संगीत विधाका गीतहरु प्रतियोगिले गाउन पाउने छन् । विशेषगरि गायन क्षमता भएका तर साँगीतीक क्षेत्रको प्रतिस्पर्धा देखि र मिडियाको पहूँच देखि टाढा भई नयाँ गीत रेकर्डिङ्ग गर्न नसकेका एवम् अवसर देखी बन्चित ओझेलमा परेका गाउँवस्तीका नेपाली गीत संगीतमा रुची राख्ने युवाहरुलाई साँगितिक क्षेत्रको प्रतिस्पर्धामा सहभागि गराई व्यवसायीक रुपमा समेत आत्मनिर्भर बनाउने उद्धेश्यले आयोजना गर्न लागिएको उक्त राष्ट्रव्यापी गायन प्रतियोगितामा १६ वर्ष पुरा भई ४० वर्ष ननाघेका, आवेदन दिनुभन्दा अघि राष्ट्रिय स्तरमा गायन विधाबाट पुरस्कृत नभएका, कभर गीत बाहेक आधिकारिक रुपमा अन्य नयाँ गीत रेकर्डिङ्ग नगराएका युवाहरुले मात्र सो प्रतियोगिताको आवेदनका लागि योग्य हुने कुरा सुचनामा उल्लेख गरीएको छ । प्रतियोगीताका लागि पहिलो चरणमा निवेदकहरुको नामावली छनौट गरिने छ भने डिजिटल माध्यमबाट भ्वाइस टेस्ट गरेपछि काठमाण्डौँमा भौतिक उपस्थितीमा प्रतियोगी बीच प्रतिस्पर्धा गराई उत्कृष्ट ३ जनालाई बिजयता गराइने छ । प्रतियोगीताको आयोजक राष्ट्रिय युवा परिषद र सह– आयोजक मिसन सञ्चार मल्टिमिडीया ग्रुप प्रा.लि. रहेको छ ।