दीपक शर्मा
५ चैत बर्दिया । गुलरिया नगरपालिका वार्ड नं. ५ ले सार्वजनिक सूनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।सो सार्वजनिक सूनुवाई कार्यक्रममा वडाध्यक्ष मुमबहादुर मल्लले आ.व. २०८० \ ०८१ को वडास्तरिय योजना तथा कार्यक्रमको फागुन मसान्त सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गुर्न भएको थियो भने वडा सचिव घनश्याम अधिकारीले सार्वजनिक सूनुवाई कार्यक्रमको लागी प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
। यस किसीमको छलफल तथा सार्वजनिक सूनुवाइले शासन सञ्चालनमा पारदर्शिता, नेत्रृत्वमा जवाफदेहिता र सार्वजनिक चासोको विषयमा आम नागरिकहरुको सूचनामा पहुँचलाई मजवुद बनाउनुका साथै सार्वजनिक सेवा वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागीतालाई प्रवद्र्धन गर्दछ । यसबाट सार्वजनिक वस्तु सेवा र विकास निर्माणका कृयाकलापहरु जनअपेक्षा बमोजिम सञ्चालन गर्ने संस्कारको विकास गर्न समेत मद्धत पुग्दछ । कार्यक्रममा सहगीहरुले वडाको विकास देखि लियर कृषि सार्वजनिक भवन लगायतका विषयमा प्रश्न राखेका थिए । सेवाग्राहि बाट सोधिएको प्रश्नको जवाफ गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गौतम तथा वडाध्यक्ष मुमबहादुर मल्लले जवाफ दिनु भएको थियो ।
गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गौतमले सार्वजनिक सुनुवाई नगरको पहिलो काम भएको बताउनु भयो । पारदर्शि बन्नको लागी यसले महत्वपुर्ण भुमिका खेल्ने बताउदै अन्य वडाले नगरेको अवस्थामा ५ न वडाले सार्वजनिक सूनुवाई गरेकोमा प्रशंसा गर्दै यस्तो कार्यले सेवा प्रदायक र सेवा ग्राहि विचको सम्बन्धलाई अझ बढि बलियो र विश्वासिलो बनाउने बताउनु भयो ।
यसै गरी गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत एंव योजना शाखा प्रमुख मुकुन्द अर्यालले नगरका समस्या समाधानका लागी जनप्रतिनिधि , कर्मचारी तथा नगरवासीको महत्वपुर्ण भुमिका हुने भएको हुदा समस्याको हल निकाल्नको लागी एकता हुनुपर्नेमा जोड दिनु भयो । साथै उहाले हिजोको तुलनामा आज गुलरियाको मुहार फेरिएको तर वसाई सराइ गरेर जानेको सख्या पनि बढदै गएका कारण यसलाई रोक्नका लागी वडा र नगरपालिकाले बृहत योजना बनाउनु पर्ने बताउनु भयो । सो सार्वजनिक सुनुवाई कार्यक्रममा आफना सुझाव राख्दै सहभागी सम्पुर्ण राजनितिक दलको तर्फ बाट गुलरिया नगरपालिका नेपाली काग्रेसका सचिव गोविन्द प्रसाद लामिछानेले यसैगरी निर्माण व्यवसायी संघका अध्यक्ष हेमन्तप्रकाश गिरी, महिला स्वास्थ्य स्वयम सेविकाको तर्फ बाट दुर्गा रावल र स्थानिय ज्ञान प्रसाद ज्ञवालीले यस्ता सार्वजनिक सुनुवाई कार्यक्रमले गर्दा वडा कार्यालय पारदर्शि छ है भन्दै जनप्रतिनिधि तथा कर्मचारीलाई लाग्ने आरोपमा पखालिने बताउनु भयो ।
सो सार्वजनिक सुनुवाई कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह , ५ न वडाका वडा सदस्यहरु रतनबहादुर ठकुराठी, सोविन्द्रबहादुर चोधरी, कालिदेवि थरुनी, संगीता परियार वडा सचिव घनश्याम अधिकारी , राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवि, बुद्धिजिवि, शिक्षक , महिला स्वास्थ्य स्वयम सेविका संचारकर्मि लगायतको उपस्थिति रहेको थियो । सो सार्वजनिक सूनुवाई नयाँ शिरा प्रकाशन प्रालीले गरेको थियो भने सहजीकरण पत्रकार दिपककुमार शर्माले गर्नु भएको थियो ।