जातिय छुवाछुत पुस्ता हस्तान्तरण हुदै : हिमा सूनार

780Shares
जातिय छुवाछुत पुस्ता हस्तान्तरण हुदै : हिमा सूनार

दीपक शर्मा

४ चैत बर्दिया । सञ्चार माध्यममा दलित महिलाको सवाललाई प्राथमिकता दिइनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
समाजमा अझै पनि जातिय छुवाछुत हुने गरेको देखिएको हुँदा यसलाई अन्त्य गर्नका लागी सञ्चारमाध्यमले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताइएको छ । दलित महिला संघ बर्दियाले आयोजना गरेको दलित महिलाका सवाल र संञ्चारकर्मिको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिएका हुन । दलित महिला संघ बर्दियाक अध्यक्ष हिमा सूनारले जातिय छुवाछुतका घटना बढदोक्रममा रहेको तर दर्ता भने नुहने गरेको पाइएको बताउनु भयो । समाजमा रहेका विकृति , जातिय विभेद लगायतका घटनाहरुलाई सञ्चारमाध्यमले उठाउनु पर्ने सुझाव दिनु भयो । साथै उहाले जातिय छुवाछुत पुस्ता हस्तान्तरणको रुपमा अगाडि बढिरहेको समेत दावी गर्नु भयो कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे , नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले समाजमा भएका हरेक किसिमका समस्यालाई पत्रकारहरुले उठाइरहेको बताउदै पछिल्लो पटक देखिएको जातिय छुवाछुतलाई कानुनी अपराध मानिएको हूँदा यसलाई युवा पुस्ता सम्म पुरयाउनको लागी भुमिका खेल्नुपर्ने बताउनु भयो ।