४ चैत बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका को ढकेरीमा आइतवार बिहान बाघको आक्रमण बाट एक जना बृद्धको मृत्यु भएको छ ।राप्ती सोनारी गाउँपालिका अन्तर्गत पर्ने पुर्वपश्चिम राजमार्गको ढकेरीदेखी ३ किलोमिटर पश्चिम जंगलमा बाघले आक्रमण गरेको जनाईएको छ । सल्यान जिल्लाको दर्मा गाउँपालिका १ घर भैइ हाल उडैनमा आफन्तको घरमा बस्दै आएका ७१ वर्षीय नगेन्द्र प्रसाद शर्माको ज्यान गएको ढकेरी प्रहरी बिट इन्चार्ज जंग बहादुर एमसिले जानकारी दिनुभयो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।