जवाफदेहिता निगरानी समितिमा नयाँ नेतृत्व चयन

780Shares
जवाफदेहिता निगरानी समितिमा नयाँ नेतृत्व चयन

२ फागुन काठमान्डौ । द्वन्द्वोत्तर अवस्थामा संक्रमणकालीन न्याय, कानूनी शासन र मानवअधिकारको प्रवर्द्धनका लागि हस्तक्षेपकारी भूमिका खेल्दै आएको जवाफदेहिता निगरानी समितिको शुक्रवार बसेको वैठकले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
निगरानी समितिको संयोजकमा संवैधानिक तथा मानवअधिकार कानूनको क्षेत्रमा क्रियाशिल अधिवक्ता राजुप्रसाद चापागाईं चयन भएका छन् । त्यसैगरी वैठकले सहसंयोजनको जिम्मेवारी क्रमशः मानवअधिकारकर्मी तथा सञ्चारकर्मी राजन कुईंकेल र अधिवक्ता रुकमणी महर्जनलाई दिएको छ ।चापागाईं संवैधानिक कानुन व्यवसायी मञ्चको पूर्व अध्यक्ष र जुरी–नेपालका संस्थापक अध्यक्ष हुन् । कुईंकेल एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष हुन् भने महर्जन त्रिभुवन विश्वविधालयमा कानून संकायमा उपप्रध्यापक छिन् ।निगरानी समितिको वैठक निवर्तमान अध्यक्ष वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईंको अध्यक्षतामा भएको थियो ।वैठकले देशमा पेचिलो बन्दै गएको दण्डहीनता, कुशासन र जवाफदेहीविहीनताको अवस्थालाई मध्यनजर राख्दै निगरानी समितिको हस्तक्षेपकारी भूमिकालाई आगामी दिनमा अझै प्रभावकारी बनाएर लानुपर्ने ठहर गरेको छ ।