१ चैत सल्यान । सल्यानमा मृत्यु भैसकेका व्यक्तिको बुद्धभत्ता खाइरहेको आरोपमा मुद्धा दायर भएको छ । सल्यानको सारदा नगरपालिका वडा नं ३ का तत्कालिन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मृत्यु भैसकेका व्यक्तिको वृद्धभत्ता खाइदिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भैसकेको व्यक्तिका नाममा वृद्धभत्ता बुझेर थापाले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । थापाले आर्थिक वर्ष २०७४ – ०७५ र २०७५ – ७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता, आर्थिक वर्ष २०७६ – ०७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार सामाजिक सुरक्षा भत्ता वापतको रकम आमा नाता जनाई भुक्तानी लिइ सरकारी रकम हिनामिना गरेको आयोगले ठहर गरेको छ ।