इस्लाम धर्मावलम्बीको महान पर्वमा खाद्यान्न सहयोग

54Shares
इस्लाम धर्मावलम्बीको महान पर्वमा खाद्यान्न सहयोग

३० फागुन बर्दिया । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानुल मुबारकको उपलक्ष्यमा बर्दिया कारागारमा रहेका मुस्लिम दाजुभाई तथा दिदी बहिनीहरुलाई खाद्यान्न सामाग्री सहयोग गरिएको छ । नेपाल मुस्लिम युवा संगठन जिल्ला कार्य समिति बर्दियाको तर्फ बाट सो सामाग्री प्रदान गरिएको हो । सो कार्यक्रममा नेपाल मुस्लिम युवा संगठनका अध्यक्ष महेमुद रजा उर्फ (बाबु नेपाल) उपाध्यक्ष रिहान शाह, सचिव मुनिर शेष, सदस्य राजकुरेशी , अनस राईन, गुलाम साबिर, समिर इद्रिसी, सदाब इद्रिसी , सल्लाहाकार रिजवान हासमीको उपस्थिति रहेको थियो । सो अवसरमा कारागार प्रमुख काशी पंगेनी , कारागारका आन्तरिक प्रशासन प्रमुख डिल्ली बुढा, महिला कारागार आन्तरिक प्रशासन प्रमुख रेशमा खान को पनि उपस्थितिमा रहेको थियो ।

एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् ।सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ ।रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ ।