३० फगुन काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद बढदै गएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा विवाद वढदै जाँदा पार्टिलाई समेत अप्ठेरोमा परेको छ ।
पार्टिका नेता रेशम चौधरीले आफू र पार्टी अध्यक्ष रन्जीता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको बुधबार सामाजिक सञ्जालमा लेख्दै स्पष्ट पारेका छन् ।उनले लेखेका छन्, विषय जित हारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान् । भोलि फेरि देउवा जित्लान्, सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिद्ध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ ।उनले रन्जीतालाई आफूले सम्झाउन नसकेको दुखेसो पोखेका छन् । उनले भनेका छन्, मेरा कारण लाखौँ जनताको मन दुखेको मलाई अनुभूत भएको छ, त्यसकारण म क्षमा चाहन्छु तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन ।उनी लेख्छन्, जुनसुकै गठबन्धनकापछि लाग्नु भनेको पार्टी डुबाउनु भएको उनले बताएका छन् । पार्टिभित्रको मुख्य विवाद भनेकै विश्वासको मत दिने की नदिने भन्नेमा छ तर यो विवाद आगो झै सल्किदै गएको खण्डमा पार्टि विभाजनको मार्गमा जाने देखिन्छ ।