काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

54Shares
काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

३० फागुन काठमाडौं । दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ ।मंगलबार राति दाङको तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्र–३०१–००६ ख ०९७४ बस गढवा गाउँपालिका–१ स्थित कालाकाटेमा दुर्घटनामा परेको हो ।लुम्बिनी प्रहरीका अनुसार दुर्घटनामा परेर तीनजना सामान्य घाइते भएको भए पनि ठूलो क्षति भएको दाङ प्रहरीले जनाएको छ ।बस प्राविधिक कारणले अनियन्त्रित भएर रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।