सुर्खेतमा दुई जना पुरूष मृत अवस्थामा फेला

84Shares
सुर्खेतमा दुई जना पुरूष मृत अवस्थामा फेला

२९ फागुन सुर्खेत । सुर्खेतमा दुई जना पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ ।मंगलबार सुर्खेतको वीरेन्द्रनगर र लेकवेशीमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ लाटीकोइलीमा अन्दाजी ३२ वर्षीय अनिल पटेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए।बारा सिम्रौनगढ नगरपालिका ५ का पटेल विगत चार वर्षदेखि सुर्खेतमा बस्दै आएका थिए।त्यस्तै मंगलबार नै लेकवेशी नगरपालिका ७ मा स्थानीय ३१ वर्षीय बालकृष्ण खाम्चाको शव फेला परेको छ।आफू बस्ने घर नजिकै निर्माणाधीन घरमा उनको शव फेला परेको डिएसपी शाहीले बताए। उनका अनुसार खाम्चाको टाउकोमा सामान्य चोट पनि देखिएको छ।