२९ फागुन यमन । अल–कायदाको यमन शाखाले आफ्नो नेता खालिद बतारफीको मृत्यु भएको जानकारी दिएको छ । यद्यपि उनको मृत्यु के परिस्थितिमा भएको हो भन्ने बारे कुनै जानकारी आएको छैन ।अल कायदा इन द अरेबियन पेनिन्सुला एक्यूएपी को भिडियोमा बतारफीको शव कफनमा बेरिएको देखाइएको छ। उनको शरीरमा संगठनको ब्यानर बेरिएको छ । संगठनसँग सम्बद्ध एक वरिष्ठ सदस्यले उनको मृत्यु कसरी भयो भन्ने खुलाउन चाहेनन् ।साउदी अरबका नागरिक बतारफी आफ्नो उमेरको चौथो दशकमा थिए । उनी २०२० मा एक्यूएपीको नेता बने। अमेरिकाले सन् २०१८ मा उनलाई ‘वैश्विक आतंकवादी’ को सूचीमा राखेको थियो । उनीमाथि पचास लाख डलर पुरस्कार राखिएको थियो ।