कसरी आगो लाग्यो पुल माथि नै ट्रकमा

138Shares
कसरी आगो लाग्यो पुल माथि नै ट्रकमा

दीपक शर्मा

२८ फागुन बर्दिया । सोमवार बेलुकी पख नसोचेको घटना घटेको छ कर्णालीको चिसापानि पुलमा । त्यसो त घटना नसोचेकै हुने हो तर पनि कुनै घटना यस्ता पनि हुन्छन जो कल्पना वाहिरका । कुरा हो सोमवार वेलुकी साढे ४ वजेतिरको लुम्बिनी प्रदेशको पुछारको जिल्ला बर्दिया र सुदुरपश्चिम प्रदेशको पुर्वि जिल्ला कैलाली को सीमा जोडने पुल कर्णालीको । बेलुकी करिब साढे ४ वजेतिर पुर्व बाट पश्चिम तर्फ गैरहेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा पुलको लगभग विच भागमा आफै आगो लागेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले बताए।आगो नियन्त्रणमा लिनका लागी कैलालीको लम्की नगरपालिकाको दमकल, बर्दिया मधुवन नगरपालिकाको दमकल लगायत स्थानिय वासीको नियन्त्रणमा आगो नियन्त्रणमा लिइएको थियो त्यो पनि करिब २ घन्टा पछि ।ट्रकको पछाडि भागबाट आगो सल्किएको हुँदा आपसमा घर्षण उत्पन्न भई ट्रकमा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। सो ट्रक वीरगंजबाट धनगढीतर्फ जाँदै थियो । पुलको लगभग विच पुर्व भाग अर्थात बर्दियाको सीमाना तर्फ नै आगो लागेको थियो । आगो लागेपछि पुलको दाँया वाया तर्फ रहेको तारमा समेत आगो सल्किएको थियो । वरीपरी तारमा आगो सल्किएपनि पुललाई कुनै क्षति भएको छैन । घटना घटे लगत्तै सो क्षेत्रमा यातायात संचालनमा रोक लगाइएको थियो । बैकल्पिक रुपमा लम्कि देखि टिकापुर बर्दियाको राजापुर , गुलरिया हुदै नेपालगञ्जको रुटमा सार्वजनिक गाडि चलाउन आग्रह गरिएको थियो । आगलागी कसरी किन भएको हो भन्ने विषयमा प्हरीले अनुसन्धान गरिरहेको जनाएको छ ।