प्रशासकीय अधिकृतले झयालबाट भागेर ज्यान जोगाए

72Shares
प्रशासकीय अधिकृतले झयालबाट भागेर ज्यान जोगाए

२५ फागुन दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि आक्रमण प्रयास भएको छ । बिहीबार राति निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
आक्रमणपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले झ्यालबाट भागेर ज्यान जोगाएको बताएका छन् । भागेर उनले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर गोविन्द भण्डारीले घटनाको जानकारी पाउनसाथ प्रहरी टोली परिचालन गरिएको र अनुसन्धान भइरहेको ने बताए ।उनीमाथि आक्रमणको कारण र समूहबारे अहिलेसम्म खुलेको छैन ।