२३ फागुन काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ३७ जनाको जिवितै उद्धार गरिएको सशस्त्र प्रहरीका सहायक प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । गाडीमा ४५ यात्रुको चलान बनाएको पाइएको छ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो ।थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ ।