२२ फागुन बाँके । बाँकेको नेपालगञ्ज बाट ३ जना भारतिय नागरिक खैरो हेरोइन सहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित चौलिका चोकबाट प्रहरीले ठुलो परिमाणमा खैरो हेरोइन सहित ३ जना भारतिय नागरिक पक्राउ परेका हुन ।पक्राउ पर्नेमा भारत बहराईच घर भएका २१ वर्षीय ईरफान कुरेसी, १८ वर्षीय रिजवान कुरेसी र कार चालक २७ वर्षीय मोहम्मद खली खाँ छन् ।उनीहरूको साथबाट १०३ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो । मंगललबार दिउँसो भारतीय युपी–३२ डिके ६७५ नम्बरको कार चेकजाँच गर्दा सो परिमाणको खैरो हिरोइन भेटिएको डिएसपी डाँगीले बाँके अपडेटलाई बताउनुभयो । बरामद लागुऔषधको मूल्य नेपाली बजारमा अन्दाजी ४० लाख रुपैयाँ सम्मको पर्न जाने लागुऔषध सहित पक्राउ गसिएको डिएसपी डाँगीले बताउनुभयो ।