रन्जित बिक्रम शाह सहित ४ जना विना कारण प्रहरी हिरासतमा

66Shares
रन्जित बिक्रम शाह सहित ४ जना विना कारण प्रहरी हिरासतमा

दीपक शर्मा

२२ फागुन बर्दिया । लघुवित्तका कर्मचारीलाई अभद्र व्यवहार गरी कालोमोसो दलेको आरोपमा बर्दिया प्रहरीले ४ जना लाई पक्राउ गरेको छ ।पक्राउ परेकालाई विना सर्त रिहा गर्न माग गर्दै मंगलवार जिल्ला प्रशासन कार्यालय बर्दियामा धर्ना दिइएको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका सूचना तथा संचार विभाग तथा भेरी अञ्चलका प्रवत्ता ऋषि राज पन्तले बताए । लघुवित्तका कर्मचारीहरु माथि अभद्र व्यवहार गर्ने र कालोमोसो दल्ने कार्यमा प्रहरीले पक्राउ गरेका व्यक्तिको भुमिका नरहेको उनको भनाई थियो । यसै विच राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले मंगलबार जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा फागुन २० गते केहि लघुवित्तिय सस्थाका कर्मचारीहरुलाई कालोमोसो दलेको आरोपमा आफना निर्दोस नागरिक वचाउ अभियानका अगुवाहरुलाई पक्राउ गरेकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै तत्काल विना सर्त रिहा गर्न माग गरिएको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका बर्दिया जिल्ला सचिव गोपाल शाहिले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई कार्यालय भित्र बोलायर जिल्ला प्रशासन कार्यालय र प्रहरीले केरकार गरको मधुवन नगर अध्यक्ष रितु टमाटाले बताउनु भयो ।बर्दियाको गुलरियामा रहेका लघुवित्त मध्ये ३ वटा लघवित्तमा रहेका कर्मचारीलाई फागुन २० गते कालोमोसो दलिएको थियो । प्रहरीले अभद्र व्यवहार गरेको र कालोमोसो दलेको आरोपमा यामकुमारी मल्ल, राजेश कुर्मि अधिकारी र बन्सिमगर लाई पक्राउ गरेको थियो । २१ गते रन्जित बिक्रम शाहलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका विरुद्ध मुद्धा दायर गरेको बताएको छ ।