२२ फागुन काठमान्डौ । काठमान्डौमा नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन । प्रहरीले काठमाडौंको घट्टेकुलोस्थित ३२ क्याफेमा लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिंहदरबारबाट खटिएको विशेष टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले आफू प्रहरी भएको बताउँदै लुटपाट गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालका–१ घर भएका ३२ वर्षीय प्रमेश्वर खड्का, रामेछापको मन्थली नगरपालिका–९ का २८ वर्षीय मिलन तामाङ भनिने विनोद सुन्दास र ओखलढुंगाको चिशंखुवागढी गाउँपालिका–४ का ३७ वर्षीय प्रेम राई छन् ।