नयाँ समिकरण ४ दल. ८ बुँदे सहमति

45Shares
नयाँ समिकरण ४ दल. ८ बुँदे सहमति

२१ फागुन काठमाडौं । नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको पत्र सार्वजनिक भएको छ ।एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउने सहमति गरिएको छ ।मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ । ‘त्यसरी बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने’ सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने ।’ सहमति भएको छ । सहमति पत्रमा चार दलका प्रमुख नेताहरुले हस्ताक्षर गरेका छन ।
हेर्नुहोस् सहमति पत्र