युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

780Shares
युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

२० फागुन कञ्चनपुर । एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ९ का १८ वर्षिय अनुश रानाको हत्याको आरोपमा वडाध्यक्ष सहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना सहित ६ जना रहेका छन । प्रहरीका अनुसार गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या अभियोगमा अनुसन्धानका लागी पक्राउ गरिएको हो ।वडाध्यक्षसँगै स्थानीय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज रानालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।मृतकका बुवाले वडाध्यक्षसहितका ६ जनाको समूहले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको भन्दै इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए ।