काँकडभिट्टामा सशस्त्र प्रहरीको खुकुरी आतंक

75Shares
काँकडभिट्टामा सशस्त्र प्रहरीको खुकुरी आतंक

१९ फागुन काठमान्डौ । सशस्त्र प्रहरीले काँकडभिट्टामा स्थानीयलाई खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन् ।काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको प्रस्तावित सिमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरी र स्थानीयबीच भनाभन हुँदा सशस्त्र प्रहरीका कोट मास्टर र ड्राइभरले खुकुरी निकालेर हानेको स्थानीयले बताए । खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।काँकडभिट्टा क्षेत्रमा विगतदेखि नै सशस्त्र प्रहरीले आतंक मच्चाउँदै आएको छ । कहिले तस्करले लाइन नदिएको भन्दै कुटपिट गर्दै आएको छ भने कहिले आफ्नै कर्मचारीमाथि हातपात गर्दै आएको छ ।