लागूऔषधसहित बाँकेमा दुई जना पक्राउ

48Shares
लागूऔषधसहित बाँकेमा दुई जना पक्राउ

७ फागुन बाँके । बाँकेको खजुरा गाउँपालिका बाट ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको खजुरा गाउँपालिका ६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश बहादुर धामी र १९ वर्षीय बिजय घिमिरे रहेका छन्