जनार्दन शर्माले किन राखे प्रदेश इञ्चार्जहरुको हेरफेरमा असहमति ?

102Shares
जनार्दन शर्माले किन राखे प्रदेश इञ्चार्जहरुको हेरफेरमा असहमति ?

१६ फागुन काठमान्डौ । नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्जहरु हेरफेर गरेको छ तर सो हेरफेरको कार्यप्रति पार्टिका उपमहासचिव जनार्दन शर्माले लिखित असहमति जनाएका छन । । आज बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको हो ।निर्णयमा चित्त नबुझाएका उपमहासचिव जनादर्न शर्माले लिखित असहमति राखेका छन् । जनप्रतिनिधिलाई पार्टीको इञ्चार्ज नबनाउने नीति सबै नेताका हकमा लागू नभएको र जुनियरलाई एकैचोटी सहइञ्चार्ज बनाएको भन्दै उनले नोट अफ डिसेन्ट लेखेका हुन् ।‘मैले आफ्नो तर्फबाट निर्णयहरुमा केही असहमतिहरु दर्ज गरेको छु । विशेषगरी कार्यविभाजन जसरी गरियो, त्यो कार्यविभाजन सही भएन । पार्टी निर्माणलाई उद्देश्य राखेर भएन । विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरियो । विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने मलगायतलाई जिम्मेवारीविहिन बनाइएको अवस्थालाई र सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएका लगायतका मुद्दाहरु, त्यहाँको दलसँग सम्बन्धित विवादलाई टुंग्याउने कुरामा सन्तुलित नभएको, न्यायपूर्ण नभएको भनेर मैले आफ्नो असहमति जानकारी शर्माले गराएका छन ।नयाँ कार्यविभाजनमा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार छोडेर बालुवाटारबाट बाहिरिएका गरिबोल गजुरेल कोशी प्रदेशको इञ्चार्ज भएका छन् । यसअघि त्यहाँको इञ्चार्ज रहेका चन्द्रप्रकाश खनाल बलदेव लुम्बिनी सरुवा भएका छन् ।लीलामणि पोखरेललाई मधेसको इञ्चार्जमा निरन्तरता दिइएको छ भने जनार्दन शर्माको ठाउँमा अग्नि सापकोटा बागमतीको इञ्चार्ज बनेका छन् । गण्डकीमा दीनानाथ शर्मा इञ्चार्ज तोकिएका छन् ।

यसअघि त्यहाँको जिम्मेवारी देवेन्द्र पौडेललाई थियो ।कर्णाली र सुदूरपश्चिममा क्रमश कालीबहादुर मल्ल र गिरिराजमणि पोखरेल इञ्चार्ज तोकिएका छन् । यसअघि कर्णालीमा मातृका यादव र सुदूरपश्चिममा दिलाराम आचार्य इञ्चार्ज थिए ।लुम्बिनीको इञ्चार्ज रहेका हितमान शाक्यलाई विशेष प्रदेशको जिम्मा दिइएको छ । त्यसैगरी, सम्पर्क समन्वय कमिटीमा महासचिव देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्यूरो इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इञ्चार्ज बनाउने माओवादी बैठकले निर्णय गरेको छ ।बैठकले प्रदेशमा सहइञ्चार्जहरु पनि तोकेको छ । कोशीमा सावित्रिकुमारी काफ्ले, मधेसमा विश्वनाथ शाह, गण्डकीमा हरिराज अधिकारी, लुम्बिनीमा कुलप्रसाद केसी र सुदूरपश्चिममा बिना मगर सहइन्चार्ज भएका छन् । बाग्मती र कर्णालीमा भने निर्णय हुन बाँकी रहेको जनाइएको छ ।