जाजरकोटमा जलेर १७ महिने बालिकाको मृत्यु

759Shares
जाजरकोटमा जलेर १७ महिने बालिकाको मृत्यु

१६ फागुन जाजरकोट । जाजरकोटमा जलेर एक बालिकाको मृत्यु भएको छ।जिल्लाको बारेकोट ९ खारीगाउँमा गोपाल जैसीकी छोरी १७ महिनाकी नताशाको मृत्यु भएको हो।भान्सा कोठामा सुतेकी उनी एक्कासि चुल्होमा परेर उनी गम्भीर घाइते भएकी थिइन्।
मिसन अस्पताल चौरजहारीमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी सन्तोषकुमार रोकाका अनुसार घरमा कोही नभएको वेला उनी ओछ्यानबाट चुल्होमा परेकी थिइन्।