भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त, राष्ट्रिय झण्डा ओढाइयो

69Shares
भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त, राष्ट्रिय झण्डा ओढाइयो

१५ फागुन काठमान्डौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भजन शिरोमणि एंव वरिष्ठ गायक स्वर्गीय भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठानमा पुगेर प्रधानमन्त्रीले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नु गर्नुभएको हो ।एमाले अध्यक्ष केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतका विशिष्ट व्यक्तिले आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । त्यस्तै, श्रद्धाञ्जली अर्पण गर्नका लागि ठूलो संख्यामा संगीतकार, गायक तथा कलाकारहरु प्रतिष्ठान पुगेका छन् ।उनको हिजो अपराह्न मेडिसिटी अस्पताल लैजादै गर्दा बाटैमा निधन भएको थियो।