नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रेशमलाल थारु भारतमा सम्मानीत

60Shares
नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रेशमलाल थारु भारतमा सम्मानीत

दीपक शर्मा

१४ फागुन बर्दिया । नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रेशमलाल चौधरीलाई भारतमा सम्मान गरिएको छ ।
नेपाल भारत मैत्री संघ खिरी लखिमपुर भारतको आयोजनामा पुर्व सासंद समेत रहेका नागरिक उन्मुक्ति पार्टिका अध्यक्ष रेशमलाल चौधरीलाई सम्मान गरिएको हो ।भव्य समारोहका विच आयोजना गरिएको सम्मान कार्यक्रममा नेपाल तथा भारतका नागरिकहरुको सहभागीता रहेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै चौधरीले संस्कृति जोगीए पहिचान जोगिने , पहिचान जोगिए समाज र समाज जोगिय देश जोगिने बताउनु भयो । भारत र नेपालको मित्रता सधैका लागी भएको बताउदै रोजगारीका लागी भारतिय नागरिक नेपालमा र नेपालका नागरिक भारतमा रहेको हुँदा यो सम्बन्धलाई अझ बलियो पार्नु पर्ने बताउनु भयो । साथै चौधरीले आफु प्रवासमा रहेका बेला त्यस क्षेत्रका नागरिकले गरेको सहयोगको लागी धन्यवाद समेत दिनु भयो । दुवै देशको सम्बन्धलाई मजबुद बनाउनका लागी नेपालले भारतलाई र भारतले नेपाललाई सहयोग गरिरहनुपर्ने बताउनु भयो ।