१४ फागुन काठमाडौं । संसद भवन परिसरमा छिरेर लघुवित्त ऋणीले प्रदर्शन गरेको विषयमा सभामुखले चासो राखेका छन् । उनले लगत्तै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई फोन गरेर ध्यानाकर्षणसमेत गराएका छन् ।संसद भवनको सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको सभामुखले आईजीपी कुँवरलाई बताएका थिए । कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी गराएको संसद सचिवालय स्रोतले बतायो ।संसद भवन सुरक्षार्थ टोली परिवर्तन गरिएको पनि कुँवरले जानकारी गराएका छन् ।