सुर्खेतको सिम्तामा मोटरसाइकल र टयाक्टर ठोकियो , एक जनाको मृत्यु

66Shares
सुर्खेतको सिम्तामा मोटरसाइकल र टयाक्टर ठोकियो , एक जनाको मृत्यु

१४ फागुन, सुर्खेत । सुर्खेतको सिम्तामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन ।मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेको प्रहरीले जानकारी दिएको छ ।सिम्ता गाउँपालिका–६, जामुनेबजारमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा रानाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको हो ।आइतबार साँझ सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा९५प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे१त४५ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएका थिए रानाको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरीको अवस्था गम्भीर छ ।उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।