१० फागुन काठमान्डौ । म्याकुरी उपनामले परिचित कमेडी कलाकार पवन खतिवडाले आफूमाथि लागेका घरेलु हिंसासहितका सबै आरोप झूठो भएको दावी गरेका छन् । अस्ति साँझ श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले १० महिनासम्म सुधार केन्द्रमा बन्धक बनाएको, अर्की युवतीलाई गर्भवती बनाएको, आफ्नो गाडी र पैसा लिएको आरोप लगाएकी थिइन् ।तर पवनले उक्त आरोपका खण्डन गरेका छन् । रोचक कुरा भने पवनसँग २५ लाखको बार्गेनिङ गर्न तेस्रो पक्षले डिल गरेको षड्यन्त्र पनि उनले खुलासा गरेका छन् । आफूले सुम्निामालाई १० महिनासम्म सुधार केन्द्रमा राखेको स्वीकार गरे पनि त्यसको कारण खुलाएका छन् ।