दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

63Shares
दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

९ फागुन दाङ । दाङको घोराही तुलसीपुर सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।रा ५ प ५४५३ नम्बरको मोटरसाइकल आज बिहान करिब ६ बजे घोराही उपमहानगरपालिका वडा नं १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनीहरु दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिए ।