८ फागुन बाँके । लुम्बिनी प्रदेशमा एकजना सांसद सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।
लुम्बिनी प्रदेशका सांसद एवम पुर्वमन्त्री जानकी प्रसाद यादव विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। यादव कपिलवस्तु ३ को २ बाट राप्रपाका निर्वाचित सांसद हुन् ।आयोगले सांसद यादवसहित जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट,दुर्गाबहादुर कार्की,महेन्द्रराज वाग्लेसमेत विरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।