बिरामी पाडोको मासु खाँनेहरु अस्पतालमा भर्ना

48Shares
बिरामी पाडोको मासु खाँनेहरु अस्पतालमा भर्ना

८ फागुन दैलेख। पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, नदाई तुलिकोमा र सुजी टोलमा बिरामी पाडोको मासु खाँदा बालबालिकादेखि वृद्धवृद्धा थला परेका छन् । यी दुवै टोलमा दलित समुदायको बसोबास छ ।प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रका अनुसार अहिलेसम्म २५ जनालाई अस्पतालमा ल्याएर उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रका सिनियर अहेव धोजबहादुर थापाका अनुसार अझै बिरामी आउने र उपचार गरेर फर्कने क्रम जारी छ ।सोमबार बिरामीको उपचारमा १३ घण्टासम्म स्वास्थ्यकर्मी खटिएको र १६ जनालाई उपचार गरेर घर पठाइएको उनले बताए । मंगलबार पुनः ६ जनालाई अस्पताल ल्याइएको थियो । सुरुमा सामान्य ठानिए पनि बिरामीको संख्या बढ्दै जान थालेपछि अहिले अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।