बर्दियाको बाँसगढीमा एकैदिन लागुऔषध सहित ६ जना फक्राउ

69Shares
बर्दियाको बाँसगढीमा एकैदिन लागुऔषध सहित ६ जना फक्राउ

८ फागुन बर्दिया । बर्दियाको बाँसगढीमा लागुऔषध सहित ६ जना प्रहरीको नियन्त्रणमा लिएको छ ।बाँसगढी नगरपालिका ६ दमौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय नबिन भन्ने धन बहादुर कठायतलाई प्रहरीले पक्राउ गरेको छ ।यसैगरी बर्दियाको बाँसगढी नगरपालिका ७ देउडाकलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्रामसहित सोही नगरपालिका ९ माछागढ बस्ने १८ वर्षीय किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ४ जनालाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।