७ फागुन पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्हरीले जनाएको छ ।
रुपन्देहीको देवदह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङ आर्थोकघाटमा दुर्घटनामा परेको हो ।पाल्पाको रहवास–खैरेनी सडकअन्तर्गत भएको दुर्घटनामा परी सोही टिपरका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने १८ वर्षीय मनीष परियार र सोही स्थान बस्ने चालक २४ वर्षीय प्रदीप कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।