साली नदीमा भक्तजनहरुको भिड

801Shares
साली नदीमा भक्तजनहरुको भिड

७ फागुन काठमान्डौ । साँखुमा रहेको शाली नदी किनारमा यतिखेर दर्शन गर्न जाने भक्तजनको भिड लागी रहेको छ । स्वस्थानी व्रत कथा जारी रहेको समयमा सो क्षेत्रमा भिड बढेको हो । पौष शुल्क पुर्णिमा अर्थात माघ ११ गते देखि सुरु भएको स्वस्थानी व्रत कथा फागुन १२ गते समापन हुदै छ ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमा सम्म नेपालीहरु स्वस्थानी कथा पढ्ने गर्छन्। स्वस्थानी माताको कृपाले गर्दा सोचेको अनि चितायको कुरा पुरा हुने हिन्दु धर्ममा मान्यता छ। स्वस्थानी किताबबाटै हरेक भावावानका बारेमा बर्णन समेत गरीयको छ। माघ शुक्लपूर्णिमा स्वस्थानी किताब पढेर बर्त गरेको एक महिना पछि राजधानीबाट १७ किलोमिटर उत्तरपूर्वमा रहेको प्राचीन नगर साँखुमा रहेको शाली नदी किनारमा मेला लाग्छ। नदी किनारमा रहेको मन्दिरमा महिला तथा पुरुषहरु श्रीस्वस्थानीको पुजाआराधना गर्दै कठोर ब्रत बस्ने गर्दछन्।पौराणिक कालमा लावण्य देसका डोलेहरुले रानी चंद्रावतिलाई डोलीमा बोकेर जादै गर्दा डोलेहरुलाई निकै भोक लाग्यो। एता उता खाने कुरा केहि थियन। तेसपछी साली नदीको किनारामा अप्सराहरुले स्वस्थानीको बर्त अनि पुजा गर्दै गरेको देखेर प्रसाद खान गए। आफुहरुले खाय र रानी चंद्रावतीलाई पनि दीय। चन्द्रावतीले प्रसादलाई थुकेर, कुल्चेर मिल्क्याइन। त्यसपछि फेरी डोलेहरुले चंद्रावतीलाई बोकेर लावण्य देस जादै गर्दा साली नदीको पुल भाँचियो। चन्द्रावती साली नदीमा खसिन। धेरै समय सम्म चन्द्रावती साली नदीमै मुडो जस्तो भयर बसेकी हुन्छिन साली नदि रोकिन्छ।

लावण्य देसका राजा नवराजलाई साली नदि रोकियको थाहा पायपछि आफ्ना सेना लगेर जाल हान्दा एउटा मुडो जस्तो निस्किन्छ जुन चन्द्रावती हुन्छिन मुडोलाइ किनारामा छोडेर सेनाहरु जान्छन। मुडो जस्तै चन्द्रावती लाइ कुष्ठ रोग लागेको हुन्छ। लामो समय सम्म भोकै बसेकी चन्द्रावती लाइ नदीको किनारामा खाने कुरा केहि हुदैन। एक दिन केहि ब्रमाणहरु तेही बाटो हिन्दै गर्दा चन्द्रावतीले देख्छिन। भोक र प्यासले गर्दा मुडो जस्तै भयकि चन्द्रावतीले ब्रह्माणहरुलाई तपाइहरु कहा जान लागेको मलाइ पनि केहि खाने कुरा ल्याइदिनु होला भन्दै आग्रह गर्छिन। ब्रह्माण हरु लावण्य देसका राजा नवराजले भोजन गर्न बोलायाको भन्दै कसैले दिएछन भने ल्याइदिम्ला भन्दै उनीहरु त्यहाबाट हिडछन । बेलुका ब्रह्माण हरु फर्केर आउदा केहि खाने कुरा लियर आयका हुन्छन। र चंद्रावतिलाई दिन्छन। भोकायकि चन्द्रावती हातै नधोई खान थाल्दा ब्रह्माणहरुले हात धोयर खान आग्रह गर्छन र तेहाबाट हिड्छन। चन्द्रावती साली नदीमा हात धुन जादा साली नदि एक्कासी सुक्छिन। फर्केर हातै नाधोयर खान लाग्दा खाने कुरा एक्कासि ढुङ्गा हुन्छ, ढुंगा खान्छु भन्दा माटो हुन्छ, माटो पनि खान्छु भन्दा खरानी बनायर हावाले उडाउछ, चन्द्रावती मुडो सरह बसिरहेकी हुन्छिन।एक दिन चन्द्रावतीको त्यो हालत देखेर ऋषी हरुले चन्द्रावतीलाई स्वस्थानी माताको ब्रत बस सबै ठिक हुन्छ भन्दै उपदेस दिन्छन। र चन्द्रावतीले तेही साली नदीको किनारामा अप्सराहरु संग स्वस्थानी माताको ब्रत गरिसके पछि बिस्तारै सबै ठिक भयको पौराणिक मान्यता चल्दै आयको छ। तेस्तै स्वस्थानी किताबमा साली नदीको बारेमा धेरै कुराहरु बर्णन गरीयको हुदा साली नदीको मान्यता अति नै छ। यहा भारत लगायन अन्य देसबाट समेत धेरै भक्तजन हरु बर्षेनी दर्सन गर्न आउने गर्दछन। त्यस क्षेत्रमा ठुलो मेला समेत लाग्ने गर्दछ ।