७ फागुन सुर्खेत । वीरेन्द्रनगरमा गुडिरहेको मोटरसाईकलमा आगलागी भएको छ । उमा आयल स्टोरबाट पेट्रोल हालेर तातापानीतर्फ जाँदै गरेको मोटरसाईकलमा यरिचाकमा आगलागी भएको हो ।सुदूरपश्चिम प्रदेश ०१–००९ प ३९०३ नम्बरको मोटरसाईलमा आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयकाअनुसार एक्काशी मोटरसाईलमा आललागी भएको हो ।घटनाको विषयमा अनुसन्धान भैरहेको छ ।