५ फागुन काठमाडौं । नेपाल प्रहरीको सहायक निरीक्षक असई हुँ भनि ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बैतडी पुर्चौडी नगरपालिका ६ घर भई हाल काठमाडौं चन्द्रागिरि–१४ नैकापस्थित डेरामा बस्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा २४ वर्षीया अमिला कुमारी साउँद रहेकी छन्। उनले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले डेढ लाख रुपैयाँ ठगी गरेकी थिइन्।असइको पोशाक समेत प्रहरीले बरामद गरेको छ। उनले आफू असइमा भर्ना भएको र हाल सइ पदमा कार्यरत रहेको बताउँदै आएकी थिइन्। थानकोट वृत्तले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।