धेरै रक्सी पिउने मानिसको कपाल झर्ने हुन्छ

51Shares
धेरै रक्सी पिउने मानिसको कपाल झर्ने हुन्छ

४ फागुन काठमान्डौ । तपाईंको दिनमा कति कपाल झर्छ, कहिल्यै याद गर्नु भएको छ ,सायद छैन होला, कपाल झर्नु पनि एक समस्या हो। कतिको त सबै कपाल झरेर व्यक्तित्वमा नै असर गरेको छ।कपाल झरेपछि पुन रोपन गरेर कपाल राखिने पनि गरिन्छ। तर कपाल झर्नुपूर्व नै केही कुरामा ध्यान दिन सकियो भने कपाल झर्न रोक्न सकिन्छ।चिकित्सकहरु दिनमा सयवटा जति कपाल झर्नुलाई सामान्य रूपमा लिइन्छ। तर, यो भन्दा बढी कपाल एकैचोटि झर्न थाल्यो भने समस्याको रुपमा मानिने चिकित्सकीय बुझाइ छ।

आज हामीले कपाल किन झर्छ कारण, रोकथामबारे जानकारी प्रस्तुत गरेका छौँ।

कारण

–पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो।

–दैनिक काम वा अन्य विभिन्न कारण अत्यधिक तनाव भएमा हर्मोनमा गडबडीले गर्दा प्रतिक्रियास्वरूप बाक्लो कपाल झर्न थाल्छ।–

धूम्रपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिने हुन्छ। यसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्ने हुन्छ।–

मद्यपान गर्ने अधिकांश पुरुषमा टक्सिनको मात्रा बढ्ने, आइरन र जिंक कम हुन्छ। जसका कारण पनि कपाल झर्छ।

–टेस्टोस्टेरोन हर्मोन तीव्र गतिमा बढ्न थालेपछि बाक्लो कपाल बिस्तारै झर्न सुरु गर्छ।

रोकथाम

वंशानुगत गुण, बढ्दो उमेर, हर्मोनका कारणले कपाल झरेको भए यसलाई रोक्न मुस्किल हुन्छ। तर, अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल झरिरहेको भए यसलाई रोक्न भने सकिन्छ।

–स्वस्थ जीवनशैली तथा खानपान आवश्यक हुन्छ।

–धूम्रपान र मद्यपान गर्नुहुँदैन।

–तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग नगर्दा कपाल झर्न कम हुन्छ।