बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाउने धामि पक्राउ

57Shares
बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाउने धामि पक्राउ

४ फगुन विराटनगर । बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाउने कार्यक्रम संलग्न एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी छिन् । उनी गाउँकी धामी हुन् । मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।हराएको दियो जोखाना हेर्दा पीडितले चोरेको भन्दै माझीले कुटपिट गरिन् । पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार पनि गरेको पीडितको भनाइ छ ।त्यस क्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटक पटक आग्रह गरेको प्रहरीको भनाइ छ । तर, माझीले भने आफ्नो घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेर दियो चोरेको भन्दै अमानवीय व्यवहार गरेकी थिइन् ।