दीपक शर्मा
४ फागुन बर्दिया । १५ औं बर्दिया जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीतामा बाँसगढि नगरपालिका प्रथम भएको छ ।
सो प्रतियोगीतामा भलिवल, कवडडी, एथलेटिक्स,तेक्वान्दो , कराते र उसु खेल समावेश गरीएको थियो । प्रतियोगीतामा बाँसगढि नगरपालिकाले १७ स्वर्ण , ७ रजत र ८ काँस्य जम्मा ३२ पदक जितेको थियो । यसै गरी राजापुर नगरपालिका १४ स्वर्ण , १२ रजत र ९ काँस्य गरी ३५ पदक जितेर दोस्रो भएको थियो । ठाकुरबाबा नगरपालिका १० स्वर्ण ८ रजत र १२ काँस्य गरी ३० पदक जितेर तेस्रो भएको थियो । चौथोमा गुलरिया नगरपालिकाले ९ स्वर्ण १६ रजत र १५ काँस्य गरी जम्मा ४० पदक जितेको थियो । पाँचौ स्थानमा बारबर्दिया नगरपालिका भएको छ सो पालिकाले ९ स्वर्ण, १२ रजत र ८ कास्य गरी जम्मा २९ पदक जितेको थियो । यसैगरी बढैयाताल गाँउपालिकाले ३ स्वर्ण २ रजत र ५ काँस्य गरी जम्मा १० पदक हात पार्दै छैटौ स्थान प्राप्त गरेको थियो । सातौ स्थानमा गेरुवा गाँउपालिकाले २ स्वर्ण , ११ रजत र १० काँस्य गरी जम्मा २३ पदक प्राप्त गरेको थियो भने आठौ स्थानमा मधुवन नगरपालिकाले २ स्वर्ण १ रजत र ३ काँस्य गरी जम्मा ६ पदक जितेको थियो । प्रतियोगीतामा खेलाडी तथा टिमलाई पुरस्कार समेत प्रदान गरिएको जिल्ला खेलकुद बिकास समिति बर्दियाका कार्यालय प्रमुख भुपेन्द्रपुन मगरले बताउनु भयो । उदघाटन समारोहमा संघिय सांसद सञ्जय गौतमले उदघाटन गर्दे बर्दियालाई खेलको माध्यमबाट पनि पहिचान गर्न सकिने बताउनु भएको थियो । समापन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्यबहादुर विष्टले पालिकाले स्थानिय खेलाडीहरुको पहिचान गर्न सक्न्नुपर्ने बताउनु भयो । जिल्ला खेलकुद बिकास समिति बर्दियाका कार्यालय प्रमुख भुपेन्द्रपुन मगरले खेलकुदलाई जिल्लाबाट केन्द्र सम्म पुरयाउनका लागी १२ कक्षा सम्म अध्ययनरत केटा केटिलाई खेलकुद प्रति रुचि जगाउनका लागी स्थानिय स्तरबाट योजना बनाइनु पर्ने बताउनु भयो ।