दाङमा प्रहरी श्रीमानले प्रहरी श्रीमतीलाई गोली हाने

75Shares
दाङमा प्रहरी श्रीमानले प्रहरी श्रीमतीलाई गोली हाने

३ फागुन दाङ । दाङमा गोली हानेर एक जनाको हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो ।वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ ।