नेपाल १ सय ३२ रनमा अलआउट , नामिबियालाई जितका लागी १ सय ३३ रन को लक्ष्य

36Shares
नेपाल १ सय ३२ रनमा अलआउट , नामिबियालाई जितका लागी १ सय ३३ रन को लक्ष्य

३ फागुन काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपाल १ सय ३२ रनमा अल आउट भएको छ ।बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४१.१ ओभरमा १ सय ३२ रन बनाउदै अल आउट भएको हो । नामिवियालाई जितका लागी १ सय ३३ रन बनाउनु पर्ने हुन्छ । नेपालको आजको खेलमा भिम सार्कि बाहेक अन्य व्याटरले सम्झन लायक रन बनाउन सकेनन ।