कपिलवस्तुमा बस दुर्घटना १० जनाको मृत्यु , पहिचान खुल्न बाँकी

63Shares
कपिलवस्तुमा बस दुर्घटना १० जनाको मृत्यु , पहिचान खुल्न बाँकी

३ फागुन चन्द्रौटा । महेन्द्रनगरबाट काठमान्डौ जाँदै गरेको वस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा दशजनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज बिहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको पहिचान भइसकेको छैन ।लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुबेर कडायतका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् । नौजनालाई बुटवल ‘रिफर’ गरिएको छ ।अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।