१ फागुन बर्दिया । २९ औं जनयुद्ध दिवश बर्दियामा नेकपा माओवादी केन्द्रको भात्रृ संगठन अखिल क्रान्तिकारीले दिप प्रज्वलन गरी मनाएको छ । बर्दियाको गुलरिया राधाकृष्ण चोकमा दिप प्रज्वलन गरी जनयुद्ध दिवशको अवसरमा बोल्दै अखिल क्रान्तिकारी पुर्व केन्द्रिय सचिवालय सदस्य हाल नेकपा माओवादी केन्द्र गुलरिया नगर कमिटि अध्यक्ष गेहेन्द्र ढकालले जनयुद्धको विषयमा नया पुस्तालाई बुझाउन आवश्यक भएको बताउदै जनयुद्ध आमुल परिवर्तनका लागी तत्कालिन आवश्यकता भएको बताउनु भयो । आजको समाजको परिकल्पना आम नागरिक निर्वाचन प्रकृया मार्फत नेत्रृत्व गर्दै निति निर्माण तह सम्म पुग्ने खालको व्यवस्था ल्याउनका लागी सहिदहरुको देखाएको मार्ग आज पनि आवश्यक भएको बताउनु भयो । सो दिप प्रज्वलनमा गुलरिया नेकपा माओवादी केन्द्र नगर कमिटिका उपाध्यक्ष हरीप्रसाद पासी
नगरपार्टि सचिव असोक राज पोख्रेल अखिल क्रान्तिकारी केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज रेशम अधिकारी , अखिल क्रान्तिकारीका बर्दिया संयोजक हरि पौडेल , वाईसीएल जिल्ला इन्चार्ज राजुराना भाट लगायतले पनि आफना विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता बबई क्याम्पसका ईकाई अध्यक्ष अर्जुन बाल्मिकीले गर्नु भएको थियो ।