१ फागुन पाल्पा। पाल्पाको डुम्रे नजिकै चिदिसमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो।मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको प्रहरीले जनाएको छ।घटनास्थलमा खटिएका प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ। मृत्यु हुनेमा तिनाउ गाउँपालिक ६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३३ वर्षका राम बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन्।अन्य मृतकको पहिचान खुल्न बाँकि रहेको प्रहरीले जनाएको छ । फाटो दिनेश घिमिरेबाट