१ फागुन बर्दिया । रक्षा प्रतिष्ठानले बर्दियाका २१ वटा विद्यालयका छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
कक्षा १२ मा अध्ययनरत आर्थिक स्थित कमजोर भएका २१ छात्राहरुलाई छात्रवृत्ति वितरण गर्दै संघिय सांसद संजय गौतमले आर्थि अवस्था कमजोर भएका बालिकाहरुले पढन पाउन भन्नका लागी आफनो आमाको नाममा प्रतिष्ठान गठन गरी त्यसबाट छात्रवृत्ति वाडिएको बताउनु भयो ।लालिगुराँस प्रतिष्ठान अमेरिका तथा रन फर आवर डटर्स एजुकेशन च्यारिटीको सहयोगमा रक्षा प्रतिष्ठानले सो छात्रवृत्ति वितरण गरेको रक्षा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष सुधांशु प्रकाश शर्माले जानकारी दिनु भयो । उहाका अनुसार २१ जना छात्राहरुलाई चेक मार्फत कम्तिमा ६ हजार ६ सय र वढिमा १५ हजार रुपैयाका दरले २ लाख ६७ हजार ३ सय रुपैया वितरण गरिएको हो ।
छात्रवृत्ति कार्यक्रममा लुम्बिनी प्रदेश सांसद भुनेश्वर चौधरी, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, बारबर्दियाका नगर प्रमुख छविलाल थारु,उप–प्रमुख रत्ना कुमारी पाण्डे, सहायक प्रजिअ रोशन कुमार कठायत, नेपाल शिक्षक महासंघका महासचिव ज्ञानेन्द्र रावललगायत विद्यलायका प्रधानाध्यापक, रक्षा प्रतिष्ठानका पदाधिकारीको सहभागीता रहेको थियो ।