वडाध्यक्षले गुन्डा लगायर क्रान्तिकारी कम्युनिष्ट पार्टिका कार्यकर्ता कुटे

30Shares
वडाध्यक्षले गुन्डा लगायर क्रान्तिकारी कम्युनिष्ट पार्टिका कार्यकर्ता कुटे

२९ माघ बाँके । बाँकेको खजुरा गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्षले मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्तामाथि कुटपिट गरेका छन ।वडाध्यक्ष गरिबे शेषले कृष्ण शाह, प्रेम थापा, फेरन चौधरी, जगत ओली र अर्का एकजनालाई उनले कुटपिट गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनाएको छ । साथै उक्त पार्टीका समर्थक अनिसा बेगमलाई घरबाटै ल्याएर कुटपिट गरेको बताइएको छ । वडाध्यक्षले आफ्ना उनीहरुकै भाषामा गुण्डाहरु लगाएर कुटपिट गर्न लगाएको आरोप लागेको छ । वडाध्यक्षले अमानवीय र अराजनीतिक र असैद्धान्तिक व्यवहार देखाएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बाँके बर्दिया इन्चार्ज दिपक शाहीले जनाए । उनका अनुसार तीनजनाको अहिले उपचार भइरहेको छ ।राजनीतिक विषयमा कुरा नमिल्दा स्थानीयले प्रतिकार गर्दै आक्रमण गरेको बाँकेका एसपी एसपी सुवास बोहराले जानकारी दिए ।यता वडाध्यक्ष शेषले भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले सेवाग्राहीमाथि हातपात गर्न थालेपछि स्थानीयले प्रतिकार गरेको बताएका छन् । वृद्धाभत्ता वितरण गर्दै गर्दा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ता झण्डासहित उत्तेजित ढंगले वडा कार्यालयमा प्रवेश गरेको उनको भनाइ छ ।