२८ माघ काठमान्डौ । साविक विजेता भारतलाई पराजित गर्दै अस्ट्रेलियाले चौथो पटक आइसिसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।आइतबार दक्षिण अफ्रिकामा भएको फाइनलमा भिडन्तमा पाँच पटकको च्याम्पियन भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलिया चौथो पटक च्याम्पियन बनेको हो।अस्ट्रेलियाले पछिल्लो पटक सन् २०१० मा उपाधि जितेको थियो। त्यसअघि अस्ट्रेलियाले सन् १९८८ को पहिलो संस्करण र २००२ मा उपाधि जितेको थियो।आइतबार अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अलआउट भयो।